+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु

जनवाच
५ महिना अगाडी

काठमाडौं ।२३ देशको सहभागितामा ‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको हो । सोमबार फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा सम्मेलनको उद्घाटन गरेका छन् ।

नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स’ (स्काएफ)को आयोजनामा सुरु भएको सम्मेलन मंसिर ५ गतेसम्म चल्नेछ ।

२३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागितामा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसले जलवायु परिवर्तन जस्तो संवेदनशिल विषयमा केन्द्रित महत्वपूर्ण सम्मेलन केबल सम्मेलन मात्र नभएर सम्मेलनबाट आएका विषय वस्तुलाई कार्यान्वयन तहमा पुर्‍याउनुपर्ने बताइन् । साथै, उनले यसका लागि फिडिक जस्तो संस्था निरन्तर लागि रहेको र आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले यस सम्मेलनबाट जलवायु परिवर्तनबाट निम्तिएका समस्या समाधान गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा उचित सल्लाह र सुझाव आउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘यो सम्मेलनमा उठेका विषय र छलफलबाट आएका निष्कर्षहरु हामी जस्तो जलवायु परिवर्तनको असरबाट जुधिरहेका देशकहरुका लागि एउटा मार्गचित्र हुनसक्छ । यो सम्मेलनले नीति निर्माण तहमा हामीलाई पक्कै पनि सहयोग पुर्‍याउने छ ।’

आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्न पाउनु आफैँमा महत्वपूर्ण उपलब्धी भएको बताए । सम्मेलनबाट आउने सुझाव र मार्गनिर्देशलाई सम्बन्धीत तहसम्म पुर्‍याएर त्यसको कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।

‘गभर्नेन्स फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शीर्षकमा छलफल हुनेछ । विपदको जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास आयोजकको लिएको छ ।

सम्मेलनमा फिडिककी अध्यक्ष तथा मन्त्रालयका सचिव शर्मासहित फिडिक एशिया प्रशान्त क्षेत्रका अध्यक्ष सुधिर धवन, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ