काठमाडौं । यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको कार्यक्रममा वर्ष भरिमा धेरै कर तिर्ने विभिन्न १६ कम्पनी संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो ।
यस वर्ष आयकर तर्फ सबैभन्दा कर तिर्नेमा नेपाल टेलिकम पहिलो बनेको छ । यसैगरी अरु १५ विधागत क्षेत्रमा सबैभन्दा धेरै कर तिरेर सम्मानित हुनेहरुमा नबिल बैंकदेखि भाटभटेनी सुपरमार्केट समेत रहेका छन् ।
सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गरे ।
यी हुन् यस वर्षका उत्कृष्ट करदाताहरू
सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम
एकलौटी फर्मतर्फ : श्रुति ट्रेडर्स
निर्यात : डाबर नेपाल
सूचना प्रविधि निर्यात : कोडावतार टेक प्रालि
कृषि तथा पशुपंक्षीजन्य उद्योग : पतञ्जलि आयुर्वेद
बैङ्क तथा वित्तीय संस्था : नबिल बैङ्क
स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ : लुम्बिनी मेडिकल कलेज
पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल
वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट
५० करोडदेखि १ अर्बसम्मको कारोबारमा बढी कर तिर्ने : सीडीएस एन्ड क्लियरिङ
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स तथा मनि ट्रान्सफर : सिटी एक्सप्रेस मनि ट्रान्सफर
व्यक्तिगत आयकर : राजबहादुर शाह
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित : होङ्सी सिमेन्ट
५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने : सोल्टी इन्टरप्राइजेज
विशेष उद्योग : वरुण वेभरेज