+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्याजदर

बैंकको ब्याजदर थप ओरालो लाग्यो, निक्षेपकर्तालाई चिन्ता

जनवाच
५ महिना अगाडी
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका थप  ब्याजदर घटाएका छन् । करिब एक वर्षदेखि निरन्तर ब्याजदर घटाउदै आएका बैंकहरूले मंसिरका लागि थप ०.२१७४ प्रतिशतले ब्याजदर घटाएका हुन् । 

कात्तिक महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेप खातामा अधिकतममा ६.१८७८ प्रतिशत ब्याज दिएका थिए । तर मंसिरमा भने यस्तो ब्याजदर बैंकहरुले ओैसत ५.९७०३ प्रतिशत मात्र दिने भएका हुन् ।

कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एक वाणिज्य बैंकले भने ब्याजदर थोरै बढाएको छ ।

मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने लक्ष्मी सनराइज बैंकको रहेको छ, जसले अधिकतम ५.५ प्रतिशतका दरले ब्याज दिनेछ ।

सर्वाधिक ब्याज घटाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७ प्रतिशत ब्याज दिएको यस बैंकले मंसिरमा ६ प्रतिशतका दरले ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो निक्षेपको ब्याजदर ०.२ प्रतिशत विन्दुले बढाएको

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ