+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमको नाफा १४.२० प्रतिशतले घट्यो, तीन महिनामा कति कमायो ?

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १ अर्ब ७३ करोड खुद नाफा गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब २ करोड थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२० प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीको सेवा बिक्रीको आम्दानी पनि १.११ प्रतिशतले घटेर ८ अर्ब ६८ करोडमा सिमित भएको छ। कम्पनीको वित्तीय आम्दानी ३३ प्रतिशतले घटेर १ अर्ब १७ करोडमा सिमित भएको छ भने कुल आम्दानी ३।४९ प्रतिशतले घटेर १० अर्ब ६ करोडमा सिमित भएको छ। कुल आम्दानी घट्दा कम्पनीको नाफा घटेको हो ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ३८.६६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ।

१८ अर्ब चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ७८ अर्ब ३१ करोड रहेको छ। कम्पनीको रिजर्भ गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.२७ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ