+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लाइफले कमायो १३ करोड ८३ लाख नाफा

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा १३ करोड २ लाख रुपैयाँ कमाएको कम्पनीले समीक्षा अवधिमा ६.२४ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा ४ अर्ब १९ करोड थियो ।

असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । यो गतको आवको तुलनामा ४.९९ प्रतिशतले बढेको हो । कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी ११.२८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा १ अर्ब ३५ करोड ११ लाख लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा १ अर्ब ५० करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
५ अर्ब २ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ भने कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८८ हजार १८८ वटा छन् भने समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ