+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआईसी नेपालले तीन महिनामा कमायो ७ करोड ८८ लाख नाफा

जनवाच
५ महिना अगाडी

काठमाडौं । एलआईसी नेपाल बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५ करोड ८१ लाख नाफा कमाएको कम्पनीले नाफामा ३५ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै पछिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । गत वर्ष ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले पहिलो त्रैमासमा ४ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ ।

२ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ । गत आवको तुलनामा यस्तो कोष ३.१९ प्रतिशतले बढेको हो ।
त्यसैगरी असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोष २ अर्ब ६९ करोडबाट बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.८८ रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ