+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

फुट होइन भविष्य निर्माणको यात्रा हो:रास्वपा एकढिक्का छ, सोबिता गौतम

जनवाच
१९ घण्टा अगाडी

काठमाडौं १४ असार –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखा परेका आन्तरिक कानुनी प्रक्रिया र बाह्य चर्चाहरूबीच सांसद सोबिता गौतम ले पार्टीमा कुनै प्रकारको विभाजन नभएको प्रष्ट पार्दै, रास्वपा अझ सशक्त रूपमा अघि बढिरहेको दाबी गरेकी छन्।

पार्टी अध्यक्ष रवि लामिछाने को समर्थनमा भइरहेको हस्ताक्षर अभियानमा शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेर सहभागी भएकी सांसद गौतमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्पष्ट भन्‍इन्, रास्वपा एकढिक्का छ, फुटिएको होइन।

उनले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालद्वारा दायर गरिएको रिट, र निर्वाचन आयोगको पत्राचारलाई सामान्य कानुनी प्रक्रिया भन्दै त्यसले पार्टीको एकता र उद्देश्यमा असर नगर्ने बताइन्।

गौतमको भनाइ अनुसार, त्यो कानुनी प्रक्रिया हो, हाम्रो मात्रै होइन, अरु दलमा पनि यस्ता कुरा सामान्य रूपमा देखिन्छन्। हामी त्यसलाई पार्टीको हैसियतमा क्लेम गर्दैछौं। हामी फुटिएको होइनौं, अझ मजबुत हुदैछौं।

साथै, उनले रास्वपाको उदय र युवापुस्ताको सहभागिताले पुराना राजनीतिक दलहरूलाई असजिलो महसुस हुन थालेको पनि संकेत गरिन्।

उनले भनिन्, हामी अरूसँग मागिरहने होइनौं, आफूलाई प्रतिनिधित्व गर्ने ठाउँ आफैं बनाउने हो भन्ने सोचबाट रास्वपा जन्मिएको हो। यही आत्मनिर्भर सोचका कारण हाम्रो दललाई अहिलेको यथास्थितिवादी राजनीति थ्रेटको रूपमा हेर्दैछ।

गौतमले यो पनि उल्लेख गरिन् कि, युवालाई स्थान दिनुपर्छ भन्ने आवाज धेरैले उठाए तर कार्यान्वयनमा ल्याउन सकेनन्। तर रास्वपाले त्यो अवसर सिर्जना मात्र होइन, अभ्यासमा पनि उतारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ