+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

ट्रम्पको हस्तक्षेपले लस एन्जलस झनै तनावग्रस्त, तीन दिनदेखिको प्रदर्शन नियन्त्रणबाहिर

जनवाच
४ घण्टा अगाडी

काठमाडौं २६ जेठ – अमेरिकाको लस एन्जलसमा अमेरिकी अध्यागमन विभागको छापा र राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘नेशनल गार्ड’ तैनाथ गर्ने निर्णयपछि स्थिति झनै चर्किएको छ। प्रदर्शन तेस्रो दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

शुक्रबारबाट सुरु भएको आन्दोलन शनिबार र आइतबार झन् हिंसात्मक बन्दै गयो। प्रदर्शनकारीहरू १०१ भन्दा बढी सडकहरू अवरुद्ध गर्दै, दर्जनौं सवारीसाधनमा तोडफोड गरेका छन्।

अमेरिकन अध्यागमन विभागको गतिविधिको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ट्रम्पको कदमपछि झनै उग्र भएको हो। ट्रम्पले राज्य सरकारको अनुमति नलिई क्यालिफोर्नियामा नेशनल गार्ड खटाएपछि राजनीतिक तनाव पनि थपिएको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले ट्रम्पको कदमलाई “राज्यको सार्वभौम अधिकारमा हस्तक्षेप” भनेर तीव्र आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्,

हामीलाई ट्रम्प नआएसम्म कुनै समस्या थिएन। उनले शान्त स्थानमा सैनिक पठाएर झनै तनाव फैलाउने काम गरेका छन्।

नेशनल गार्डद्वारा लस एन्जलसका मुख्य सडकहरूबाट प्रदर्शनकारी हटाउन अश्रुग्यास प्रयोग गरिएको छ। प्रहरी र सैनिकले संयुक्त रूपमा कडा हस्तक्षेप गरेपछि दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् भने केही प्रहरीसमेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

डेमोक्रेटिक नेताहरूले ट्रम्पको निर्णयलाई शक्तिको दुरुपयोग भन्दै भर्त्सना गरेका छन्। उनीहरूका अनुसार संघीय सरकारले स्थानीय सरकारको अधिकार कुण्ठित गर्दै संविधानविपरीत हस्तक्षेप गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ