+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य

स्वास्थ्य मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच, आँखा उपचार विस्तारको सम्झौता

जनवाच
१० घण्टा अगाडी

काठमाडौं, जेठ ४ –स्वास्थ्य मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच भएको नयाँ समझदारीले नेपालको आँखा उपचार सेवा अब ग्रामीण पहुँचदेखि अन्तर्राष्ट्रिय ‘हेल्थ टुरिज्म’ सम्मको पुल निर्माण गर्ने सम्भावना देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सम्झौताअनुसार, अब संघले आँखा उपचार नपुगेका दुर्गम क्षेत्रहरूमा लक्षित सेवा विस्तार गर्दै नागरिकको स्वास्थ्य पहुँचमा गुणात्मक फड्को ल्याउनेछ।

सम्झौता नुसार संघले प्रदेश र स्थानीय तहसँग सहकार्य गरी आँखासम्बन्धी सेवा विस्तार गर्नेछ भने आधारभूत स्वास्थ्य केन्द्रहरूमा कार्यरत जनशक्तिको सीप अभिवृद्धि समेत गर्नेछ। यसले आँखा उपचारका लागि शहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँमै सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

नेपालमा कार्यरत विदेशी आँखा विशेषज्ञलाई औपचारिक रूपमा उपचार सेवामा सहभागी गराउने सहजीकरण मन्त्रालयले गर्नेछ। यस्तै, छात्रवृत्तिमा अध्ययन गरेका दक्ष जनशक्ति संघीय तथा प्रदेश अस्पतालमा परिचालन गर्न संघले मुख्य भूमिका खेल्नेछ।

कार्यक्रममा मन्त्री पौडेलले आँखासम्बन्धी सेवा सस्तो, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको रहेको उल्लेख गर्दै यसमार्फत नेपाललाई स्वास्थ्य पर्यटनको गन्तव्य बनाउने योजना सुनाए।

“भारतलगायतका मुलुकबाट आँखा उपचारका लागि नेपाल आउने विदेशीहरूको संख्या दिनानुदिन बढ्दो छ,” मन्त्री पौडेलले भने, “अब हामीले त्यो अवसरलाई विस्तार गरेर स्वास्थ्य सेवा र पर्यटनलाई जोड्ने छौं।”

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सरकारसँगको सहकार्यलाई स्वागत गर्दै नीतिगत रूपमा लिइएको आँखा उपचार पहुँच विस्तार योजनालाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ