+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

युद्धविराम वार्ताकै बीच गाजामा रक्तपात: इजरायली आक्रमण, ३६ जनाको मृत्यु

गाजा युद्धको पछिल्लो लहर सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर सुरु भएको थियो। उक्त घटनामा इजरायलका अनुसार १,१३९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढी अपहरणमा परेका थिए।

जनवाच
१० घण्टा अगाडी

काठमाडौं, जेठ ४ –एकातिर कतारमा इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी छ, अर्कोतिर ‘सुरक्षित क्षेत्र’ भनिएका स्थानहरू समेत आक्रमणको चपेटामा पर्न थालेका छन्। गाजाको अल–मावासी क्षेत्र, जुन हालसम्म जोखिममुक्त मानिँदै आएको थियो, अब इजरायली बमबारीको नयाँ निशाना बनेको छ।

अलजजिरा समाचार संस्थाका अनुसार, उक्त आक्रमणमा कम्तीमा ३६ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। इजरायलले स्थल आक्रमणको दायरा विस्तार गर्ने तयारी गरिरहेको बेला यो घटनाले मानवअधिकार संकट थप जटिल बनाएको छ।

युद्धविरामको सम्भावनाले सास फेर्ने प्रयास गरिरहेका गाजावासीहरू फेरि पनि मृत्यु र भग्नावशेषको चपेटामा परेका छन्। एकातर्फ हमास र इजरायलबीच कतारको मध्यस्थतामा वार्ता चलिरहेको छ भने अर्कोतर्फ आक्रमण नरोकिनुले शान्ति प्रक्रियामै प्रश्न उठ्न थालेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा ५३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने १ लाख २० हजारभन्दा बढी घाइते भएका छन्।
सरकारी सञ्चार कार्यालयले अझै पनि हजारौं मानिस भग्नावशेषमा पुरिएको र वास्तविक मृतक संख्या ६१ हजार नाघ्न सक्ने आँकलन गरेको छ।

बग्दादमा बसेको अरब राष्ट्रहरूको विशेष भेलाले गाजामाथिको हिंसा तुरुन्त अन्त्य गर्न माग गरेको छ। नेताहरूले अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेपका लागि आह्वान गर्दै मानवीय सहायता मार्ग अवरुद्ध नगर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ