+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

ओलीप्रति गालीले आफ्नै भविष्य अन्धकार हुन्छ: राधिका शाक्य”

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पत्नी र लेखिका राधिका शाक्यले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति गरिएको टिप्पणी र आलोचनालाई व्यक्तिगत खुसीको विषय नबनाउन आग्रह गरेकी छन्।

आफ्नै जीवनमा आधारित पुस्तक ‘करूणा’ माथिको छलफल कार्यक्रममा बोल्दै शाक्यले ओलीको आलोचना गर्नेहरूमाथि कडा प्रतिक्रिया दिँदै भनिन्, “जो ओलीलाई गिज्याउँछन्, गाली गर्छन्, उनीहरूले आफ्नै खुट्टामा बञ्चरो हानेका छन्।”

शाक्यले केपी ओलीमाथिको गिज्याउने प्रवृत्तिले दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गरिन्। “उहाँहरूकै सन्तान र दरसन्तानको भविष्य अन्धकार हुने देख्छु,” उनले भनिन्।

कार्यक्रममा बोल्दै शाक्यले ओलीको जीवन सङ्घर्ष, देशका लागि योगदान र समर्पणलाई सम्झन जरुरी रहेको उल्लेख गरिन्। “केपी ओली आज जहाँ छन्, त्यहाँसम्म पुग्न उहाँले गरेको त्याग र मेहनतको सम्मान गर्न सक्नुपर्छ,” उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ