+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पृथ्वी हल्लाउने सधैं ‘भूकम्प हुँदैन :आणविक परीक्षणले हल्लिरहेछ धर्ती

अध्ययनकर्ताहरूले चेतावनी दिएका छन् कि यदि यस्ता घटनाहरू पहिचानमा गल्ती भइरहे भने, विश्व शान्ति र सुरक्षा सम्बन्धी गम्भीर संकट उत्पन्न हुनसक्छ।

जनवाच
२० घण्टा अगाडी

पृथ्वीमा महशुस गरिने हरेक कम्पन प्राकृतिक भूकम्पकै परिणाम होइन भन्ने सनसनीपूर्ण निष्कर्ष हालै सार्वजनिक भएको छ। लस आलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेको एक अध्ययनले पृथ्वी हल्लिने घटनाहरू मध्ये कतिपय गोप्य आणविक परीक्षणका कारण पनि हुने गरेको देखाएको छ।

सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित रिपोर्ट अनुसार, भूकम्प र भूमिगत आणविक परीक्षणबीचको भिन्नता छुट्याउन अत्यन्त कठिन रहेको छ। “प्राकृतिक झटका र मानवनिर्मित विस्फोटका लक्षणहरू यति मिल्दाजुल्दा छन् कि पछिल्लो प्रविधिले समेत स्पष्ट छुट्याउन सकिरहेको छैन,” अनुसन्धानकर्ताहरूको भनाइ छ।

उत्तर कोरियाको उदाहरण दिँदै अध्ययनले विगत दुई दशकमा गरिएको छ वटा आणविक परीक्षणपछिका कम तीव्रताका भूकम्पहरूलाई परीक्षण क्षेत्र वरिपरिको अस्थिरतासँग जोडिएको उल्लेख गरेको छ। यस्ता क्षेत्रमा साना-साना भूकम्प बारम्बार भइरहँदा प्राकृतिक कम्पन र विष्फोटजन्य झटका छुट्याउन अझै चुनौतीपूर्ण बन्दै गएको छ।

अनुसन्धानले थप संकेत गरेको छ कि बारम्बारका भूकम्पीय घटनाले पनि विष्फोटका संकेतहरू ओभरल्याप गरेर वास्तविक परीक्षण गतिविधिलाई ढाकछोप गर्न सक्ने सम्भावना रहन्छ। विगतसम्म वैज्ञानिकहरू प्राकृतिक भूकम्पले विस्फोट लुकाउन सक्दैन भन्ने मान्यतामा अडिएका थिए, तर नयाँ अध्ययनले त्यस धारणा उल्ट्याएको छ।

यस अनुसन्धानले विश्वव्यापी परमाणु परीक्षण निगरानी संयन्त्रको विश्वसनीयतामा पनि गम्भीर प्रश्न उठाएको छ। वैज्ञानिकहरू भन्छन्, “भूकम्प र आणविक परीक्षणका मिश्रित झटका छुट्याउन अझ परिष्कृत प्रविधि र ठूलो मात्रामा नयाँ डाटा आवश्यक छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ