+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

मातातीर्थ औसीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा : जन्मभूमि नै आमाको रूप बन्यो

जनवाच
२१ घण्टा अगाडी

काठमाडौं – मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आमाप्रति भावुक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। बाल्यकालमै आमालाई गुमाएका ओलीले आजको दिन आफ्नो सम्झनामा आमाको अनुहार धमिलो रूपमा आइरहेको उल्लेख गरेका छन्।

आफ्ना भावनाहरू सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै ओलीले लेखेका छन्, “मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने म चार वर्षको पनि नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।”

आमाप्रतिको कृतज्ञता र श्रद्धालाई अझ गाढा बनाउने सन्देश दिँदै उनले भनेका छन्, “आज मातातीर्थ औँशी, आमाको मुख हेर्ने दिन। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना।”

नेपालमा मातातीर्थ औँशी विशेष दिनका रूपमा मनाइन्छ, जहाँ सन्तानहरूले जीवित आमालाई आदरपूर्वक मिठा परिकार खुवाउने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण तथा पूजाआजा गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ