+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजनीतिक अस्थिरता अन्त्य नगरी विकास सम्भव छैन” – एमाले महासचिव शंकर पोखरेल

जनवाच
२ दिन अगाडी

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समग्र विकासमा राजनीतिक अस्थिरता र सामाजिक अराजकताले गम्भीर अवरोध पुर्‍याइरहेको बताएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले पुराना शोषणका इतिहासहरू सम्झन नसक्ने प्रवृत्तिलाई समाजको कमजोरीको रूपमा व्याख्या गरे। उनले राजतन्त्रको समयलाई “अँध्यारो युग” का रूपमा उल्लेख गर्दै त्यसबाट प्राप्त भएका सिकाइलाई भुल्न नहुने बताए।

पोखरेलका अनुसार लोकतन्त्र आएपनि अपेक्षित गतिमा विकास अघि बढ्न नसकेको प्रमुख कारण राजनीतिक अस्थिरता हो। “देश बनाउने हो भने अब राजनीतिक स्थायित्व अपरिहार्य छ,” उनले जोड दिए।

उनले बलियो राजनीतिक नेतृत्व र पार्टी बिना देश निर्माण सम्भव नहुने धारणा राख्दै सक्षम नेतृत्वलाई सधैं बदनाम गर्न खोजिने प्रवृत्तिप्रति पनि गुनासो गरे। “आफ्नो सम्पत्ति राष्ट्रलाई दिने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाएर चरित्र हत्या गरिन्छ,” भन्ने टिप्पणी गर्दै उनले यस्ता प्रवृत्तिको आलोचना गरे।

महासचिव पोखरेलले देशको समृद्धिको बाटो नेकपा एमालेले नै देखाउने दाबी गरे। उनले एकल बहुमतसहितको एमाले सरकार आवश्यक रहेको र पार्टीलाई गोलबन्द गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले सामाजिक अराजकता अन्त्य गर्न, राष्ट्र निर्माणको वातावरण तयार गर्न र पार्टीविरुद्ध भइरहेको षड्यन्त्रलाई परास्त गर्न भूतपूर्व सैनिक तथा सुरक्षाकर्मीहरूको भूमिका विशेष महत्त्वपूर्ण हुने धारणा पनि राखे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ