+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

साइबर अपराधको नयाँ रूप: SMS बाट ठगी गर्दै ईसेवामार्फत रकम चोरी, २२ वर्षीय युवक पक्राउ

जनवाच
२ दिन अगाडी

काठमाडौँ — प्रविधिको विकाससँगै साइबर अपराध पनि दिनप्रतिदिन विकसित हुँदै गइरहेको छ। यस्तै एक घटनामा “The Alert” र “AT Alert” जस्ता बनावटी SMS मार्फत प्रयोगकर्तालाई भ्रममा पारी फिशिङ लिङ्क पठाई रकम चोरी गर्ने कार्यमा संलग्न एक युवकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।

स्रोतका अनुसार, आरोपितले पीडितहरूलाई खाताबाट पैसा निस्कने त्रास देखाउँदै SMS पठाउँथे जसमा ‘खाता Suspend हुन लागेको’ भन्दै लिंक Verify गर्नुपर्ने सन्देश हुन्थ्यो। त्यसै लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको ईसेवा खाता ह्याक भई करिब ५००० रुपैयाँभन्दा बढी रकम एक अनधिकृत ईसेवा खातामा ट्रान्सफर गरिन्थ्यो। ती खाताबाट रकम ‘Pashupati Global Innovation Pvt. Ltd.’ नामक मर्चेन्ट खातामा पठाइन्थ्यो।

२३ वर्षीय राहुल बुढा, जो हाल काठमाडौँको अनामनगरमा बसोबास गर्दै आएका छन् र स्थायी ठेगाना कञ्चनपुर, कृष्णपुर नपा वडा नं. ९ रहेको उल्लेख गरिएको छ। अनुसन्धानमा संलग्न निकायका अनुसार उनी २०७८ चैत २ गते पक्राउ परेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ