+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काइसाइ ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपालमा

जनवाच
७ महिना अगाडी

नेपालमा हालै चीनको काइसाइ ब्राण्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ ।

नेपालका लागि जीरो इमिसन राइड एन ले यो स्कुटरलाई नेपालको आधिकारिक वितरकको रुपमा भित्र्याएको हो ।

कम्पनीले जानकारी दिएअनुसार करिब १४० किलोमिटरको अधिकतम् रेन्ज दिने यो स्कुटरमा २४०० वाटको पिक पावर भएको हब मोटर दिइएको छ ।
७२ भोल्ट ४० एम्पियरको ग्राफिनी बेट्री भएकाले यो स्कुटरले रियल लाइफमा करिब १०० देखि १२० किलोमिटरको रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

काठमाण्डौ उपत्यकामा भएका सानातिना उकालोमा यो स्कुटर चलाउन खासै समस्या छैन । तराइ क्षेत्रमा त झन सजिलै तान्न सक्छ यो स्कुटरले ।
यसमा प्रयोग भएको १२ इन्चको व्हिल साइजले गर्दा यसको ग्राउण्ड क्लियरेन्स भने अग्लो नै छ । करिब १७० एमएमको ग्राउण्ड क्लियरेन्स भएकोले अफरोडमा चलाउन खासै समस्या नहोला ।
झट्ट हेर्दा पेट्रोल भेरिएन्टको स्कुटर जस्तो देखिने यो स्कुटरको हेड लाइट हेण्डिल मै भएकोले पनि त्यस्तो देखिएको हुन सक्छ ।
हेण्डिल मै हेडलाईट भएको हुनाले यसलाई रातीको समयमा घुमाउरो बाटोमा चलाउँदा पनि अगाडिको दृष्य सजिलै देख्न सकिन्छ ।

सामान्यतया स्कुटी प्रयोग गर्ने प्रयोगकर्ताले एउटा स्कुटीमा अपेक्षा गर्ने फिचर्स तथा कम्पोनेन्ट यो स्कुटरमा पाउन सकिन्छ ।
एउटा गतिलो स्कुटरमा कमसेकम १२ इन्चको व्हिल, अग्लो ग्राउण्ड क्लियरेन्स, प्रसस्त लेग स्पेस तथा ठुलो बुटस्पेसको अपेक्षा गरिन्छ ।


घरायसी सरसामान बोक्न, सपिङ्गको सामान बोक्न वा सिटमुनीको बुटस्पेसमा जरुरी सामान सुरक्षित रुपमा राख्न मिल्ने खालको स्कुटरको चाहना आम प्रयोगकर्ताको हुने गर्दछ ।

त्यस्तै खालको विशेषताहरुले भरिपुणर् छ यो स्कुटर ।
साथसाथै यो स्कुटरमा लामो सिट पनि छ । जसमा २ जना मोटा मोटा व्यक्ति बसेर पनि सजिलै सवार गर्न मिल्छ ।
यसमा अगाडि डिस्क बे्रक र पछाडि ड्रम बे्रक रहेको छ । अगाडिको चक्कामा भएको एलोइ व्हिल निक्कै आकर्षक छ । यसमा ३ वटा ड्राइभ मोड र एउटा रिभर्स मोड पनि छ ।

यसलाई चावी अथवा रिमोट कन्ट्रोल दुबैबाट स्टार्ट वा अफ गर्न सकिन्छ । यसमा एन्टिथेप्ट व्हिल लक सिस्टम पनि दिइएको छ । एन्टिथेप्ट मोडमा छोड्नुभयो भने कसैले यसलाई चलाउँदा यसको साइरन बज्छ भने व्हिल आफै लक हुन्छ । त्यस्तो अवस्थामा यसलाई कसैले डोर्याएर लैजान सक्दैन ।

यति धेरै विशेषताले भरिपुणर् भएपनि यो स्कुटरको मुल्य भने एकदम सुपथ छ । ७२ भोल्ट ४० एएच क्षमताको ग्राफिनी बेट्री भएको यो स्कुटर तपाईले जम्मा १,६५,२०० मा खरिद गर्न सक्नुहुनेछ ।


यसलाई कम रेन्जको भर्सनमा पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ७२ भोल्ट २७ एएच क्षमताको ग्राफिनी बेट्री भएको भर्सनमा लिन चाहनुहुन्छ भने यसलाई जम्मा १,५०,२०० मा खरिद गर्न सक्नुहुनेछ ।

जीरो इमिसन राइड एन भनेको लुयान ब्राण्डको पनि आधिकारिक वितरक हो भने यसले विगत ५ बर्ष देखि लुयानका विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटरहरुको नेपालमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिदैं आइरहेको छ ।

यसै क्रममा हालै मात्र नेपालमा भित्रयाएको काइसाइ ब्राण्डको यो इलेक्ट्रिक स्कुटरले पनि विस्तारै बजार लिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ