+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

विदेशी मुद्राको आजको विनिमय दर येस्तो रहेको छ

जनवाच
३ हप्ता अगाडी

 काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। हालको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १३७ रुपैयाँ ०६ पैसा तोकिएको छ। विदेशी मुद्राको उतार-चढावले नेपाली बजारमा असर पार्ने भएकाले बैंकले विनिमय दर आवश्यकता अनुसार संशोधन गर्न सकिने जनाएको छ।

प्रमुख मुद्राहरूको विनिमय दर:

युरोपियन युरो: खरिद दर १४६ रुपैयाँ ९९ पैसा, बिक्री दर १४७ रुपैयाँ ६३ पैसा।

बेलायती पाउन्ड स्टर्लिङ: खरिद दर १७६ रुपैयाँ ४२ पैसा, बिक्री दर १७७ रुपैयाँ १९ पैसा।

अष्ट्रेलियन डलर: खरिद दर ८५ रुपैयाँ ८६ पैसा, बिक्री दर ८६ रुपैयाँ २४ पैसा।

जापानी येन (१० येन): खरिद दर ९ रुपैयाँ ०५ पैसा, बिक्री दर ९ रुपैयाँ ०९ पैसा।

चिनियाँ युआन: खरिद दर १८ रुपैयाँ ७८ पैसा, बिक्री दर १८ रुपैयाँ ८७ पैसा।

भारतीय मुद्राको सन्दर्भमा, १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी बैंकको वेबसाइटमा हेर्न सकिने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ