+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

राजनीतिक उतार चढावले सेयर बजारमा अस्थिरता, लगानीकर्तालाई धैर्य राख्न सुझाव

बजारमा आएको अस्थिरता मुख्यतः राजनीतिक घटनाक्रमहरू र अफवाहका कारण देखिएको हो। तर, आर्थिक सूचकहरू सकारात्मक रहेकाले लामो समय बजार तल रहने सम्भावना कम छ। 

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक घटनाक्रमहरूले सेयर बजारमा अस्थिरता निम्त्याइरहेको छ। राजावादी समूहको आगामी चैत १५ को प्रदर्शन, विद्युत प्राधिकरणबाट कुलमान घिसिङ हटाइएको घटना, र सरकारभित्रकै विरोधाभाषपूर्ण अभिव्यक्तिहरूले सेयर बजारमा असर गरेको देखिन्छ।

लगातार छ दिनसम्म गिरावट आएपछि सोमबार बजार केही सम्हालिएको थियो, तर मंगलबार फेरि ५८ अंकको गिरावट आयो। बुधबार भने बजारले पुनः सुधार देखाउँदै ३९ अंकले उकालो लागेको छ। बजारमा आएको यो उतार(चढावलाई कतिपय लगानीकर्ताले बिक्रीको मौका ठानेका छन् भने केहीले नयाँ लगानीको अवसरका रूपमा लिएका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सत्तारूढ नेपाली कांग्रेसभित्रकै एक समूहले असन्तुष्टि जनायो। महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत खुलेर विरोध जनाएपछि सरकार नै संकटमा पर्ने आशंका कतिपय लगानीकर्तामा देखिएको थियो। यही कारण मंगलबार बजारमा ठूलो गिरावट आयो। तर, यो विषय मत्थर हुँदै गएपछि बुधबार बजारले पुनः सुधार देखाएको हो।

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरेका अनुसार हाल बजार घट्नुको मुख्य कारण अफवाह र नकारात्मक मानसिकता हो। उनले भने, “कुलमानको बहिर्गमनले केही व्यवसायीको मनोबल बढ्न सक्छ, तर त्यसले सेयर बजारमा प्रत्यक्ष असर पार्दैन। तर, कतिपयले यो विषयलाई लिएर सरकार नै ढल्ने आशंका गरिन्, जसले बजारमा अनावश्यक दबाब सिर्जना गर्‍यो।”

रजौरेका अनुसार केही व्यक्तिहरू बजार घटाएर सस्तो मूल्यमा सेयर किन्न अफवाह फैलाउने रणनीति अपनाइरहेका छन्। तर, बजार लामो समय यसो झर्दैन र केही समयपछि नै पुनः उकालो लाग्ने उनको विश्वास छ।

विश्लेषकहरूका अनुसार बजारलाई सकारात्मक रूपमा प्रभाव पार्ने आर्थिक सूचकहरू सुदृढ छन्। बैंकको ब्याजदर घटिसकेको, पूँजीगत खर्च बढ्ने समय सुरु भइसकेको, बचत भुक्तानी सन्तुलन राम्रो रहेको र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको कारण अर्थतन्त्रमा कुनै ठूलो समस्या छैन।

रजौरेका अनुसार, “डराएर सेयर बेच्नेले पछि बढेको मूल्यमा नै किन्नुपर्ने अवस्था आउँछ। बजार तल्लो विन्दुमा झरेपछि बेच्ने र माथि गएपछि किन्ने बानीले लगानीकर्ताहरूलाई सधैं घाटा व्यहोर्नुपर्ने हुन्छ।ू

विश्लेषकहरू भन्छन्— हाल बजार घटेको बेला लगानीकर्ताहरूले सही कम्पनीहरूमा लगानी गर्ने अवसर लिन सक्छन्।  पछिल्लो समय यति सस्तो मूल्यमा सेयर किन्न मौका नआउने उनीहरूको दाबी छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ