+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थ

बाढी-पहिरोले क्षति पुर्‍याएका २६ आयोजना पुनर्निर्माणको बाटो खुल्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं, – गत असोज दोस्रो साता आएको बाढी-पहिरोले क्षति पुर्‍याएका २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पुनर्निर्माण प्रक्रियालाई अघि बढाउन सहमति जनाएका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन ४ गते उक्त रकम माग गरेको थियो।

पुनर्निर्माण हुने २६ आयोजना मध्ये १३ सडक र १३ पुल छन्। सडक आयोजनामा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत मुख्य मार्ग समेटिएका छन्।

त्यस्तै, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्न अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

सरकारको यो निर्णयले भौतिक संरचना पुनःनिर्माणमा गति थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ