+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश

जनवाच
२ महिना अगाडी

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई अदालतले धरौटीमा छाड्न अदालतले आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आक्रमणकारीहरूलाई प्रतिव्यक्ति १ लाखका दरले धरौटीमा छाड्न आदेश गरेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् ।
तथापि, अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति विरुद्धमा बहस गरेको भन्दै उनीहरुले त्रिपाठीलाई बबरमहलस्थित अदालत बाहिर आक्रमण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ