+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा एक्लैपटक चारवटा अध्यादेश जारी

जनवाच
३ महिना अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक्कैपटक चारवटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ