काठमाडौं । सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेसति सहकारी बचत अपचन तथा ठगी मुद्दामा हिरासतमा रहेका सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आदेशअनुसार लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग भएको छ । त्यस्तै, छविलाल जोशीलाई सोही मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अदालतले आदेश गरेको छ ।
यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
योसँगै रभापति लामिछानेले बिहीबारनै धरौटी बराबरको बैंक ग्यारेन्टी दिएपछि थुनामुक्त भएका छन् ।