+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमस्टेक राष्ट्रबीच भिसा सहजीकरण गर्न पर्यटनमन्त्री पाण्डेको जोड

जनवाच
३ महिना अगाडी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेबीच भेट वार्ता भएको छ । महासचिव पाण्डे नेतृत्वको प्रतिनिधि मण्डल र मन्त्री पाण्डेबीच बुधबार पर्यटन मन्त्रालयमा भेट भएको हो ।

भेटमा विमस्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, साँस्कृतिक र पर्यटकीय सर्किटहरुमा पर्यटन पूर्वाधारको विकास लगायतका विषयमा छलफल भएको थियो ।
साथै भेटमा मन्त्री पाण्डेले विमस्टेक टुरिजम फण्डलाई वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न उनले आग्रह गरे ।

नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउने पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनका लागि विमस्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आवद्धता तथा आपसी आदान प्रदान लगायका विषयमा जोड दिए।

मन्त्री पाण्डेले दक्षिण एशियाली सहयोग संगठन ९सार्क० सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै विमस्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन उनले आग्रह गरे।

महासचिव पाण्डेसँगको भेटघाटको क्रममा मन्त्री पाण्डेले विमस्टेक सचिवालयको नेतृत्वको सफल र प्रगतिशील रहोस् भन्दै शुभकामना व्यक्त गरे। राजनीतिक तह र मन्त्रालयगत तहबाट हुने द्धिपक्षीय भेटवार्ताले सम्बन्ध मजबुद हुने विश्वास उनले व्यक्त गरे । ।

विमस्टेक महासचिव इन्द्रमणि पाण्डेले विमस्टेकको महत्वपूर्ण एजेण्डा कनेक्टीभिटी भएको बताउँदै उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहेन प्रतिवद्धता व्यक्त गरे । पाण्डेले विमस्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटन लगायतका सम्भावित क्षेत्रको बारेमा संस्थागत रुपमा कुरा उठाउने समेत विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ