+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी जारी

जनवाच
३ महिना अगाडी

काठमाडौँ। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाइ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए । केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकिय सचिव अनिललाइ बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ