काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले विशेष महाधिवेशनको माग राखेकी छिन्। काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्दै नेत्री घर्तीले विशेष महाधिवेशनको माग राखेकी हुन्। उनले नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने भन्दै यस्तो माग राखेकी हुन्।
उनले भनिन् ‘अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’
वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न समेत उनले माग गरेकी छिन्। पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर समेत गरेकी छिन्।