+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी केन्द्रले निष्क्रिय केन्द्रीय सदस्यलाई हटाउने

जनवाच
३ महिना अगाडी

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीमा निष्क्रिय रहेका केन्द्रीय सदस्यहरूलाई हटाउने प्रस्ताव गरेको छ । आइतबारदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रीय समिति बैठकमा आफ्नो राजनीति प्रस्ताव पेससहितको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले निष्क्रिय केन्द्रीय सदस्यलाई हटाउँदै नयाँ ल्याउने प्रस्ताव गरेको बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए ।

‘निष्क्रिय रहेका केन्द्रीय सदस्यको सट्टा नयाँ राख्नुपर्नेबारे सोच्नुपर्ने देखिएको छ’, बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘यो बैठकबाट सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने गरी कार्यविभाजन गरिन्छ ।’

उनले केही नेताहरूको जिम्मेवारी हेरफेर पनि कार्यविभाजनमार्फत हुने बताए । पहिले जे छ त्यही गर्न सकिने अवस्था नरहेको बताएपनि उनले सबै भने परिवर्तन नहुने धारणा राखेको ती नेताको भनाइ छ । बैठकमा कार्यविभाजनबारे केन्द्रीय सदस्यहरूको सुझावको अपेक्षा गरिएको पनि बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ