+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक उड्यान प्राधिकरण टुक्राउने कानुनले थप विशवसनीयता बढाउने मन्त्री पाण्डेको भनाइ

जनवाच
३ महिना अगाडी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले ल्याउन पलागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भए पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका छन् । मंगलबार प्राधिकरणको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयकलाई संसदबाट कानुनको रुपमा निर्माण गरे पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका हुन्।

विधेयकमाथि छलफल हुँदा क्यान कर्मचारीका कुरा समेत समबेश गरिने उनको भनाइ थियो । नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुने उनले बताए ।

कानुन निर्माण गर्दा कुनै कुरामा संका नगर्न आग्रह गर्दै मन्त्री पाण्डेले यो कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुने बताए । निजगढ विमानस्थाल निर्माण नेपालको सपना भएको बताउँदै उनले तर त्यो निर्माणको विषय त्यतिकै अल्झिरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ