काठमाडौं । सन् २०२४ को ११ औं महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा १ लाख १४ हजार ५०१ जना पर्यटन नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट १९ हजार ९१५, अमेरिकाबाट १० हजार ९ सय ८१ जना र चीनबाट ९ हजार ४५८ जना पर्यटन नेपाल भित्रिएका छन् ।
पर्यटक आगमन गत वर्षको समीक्षा अवधि भन्दा यसवर्ष बढेका छन् । गत वर्ष नोभेम्बरमा १ लाख ८ हजार ६३० जना पर्यटक भित्रिएका थिए । यसरी हेर्दा अघिल्लो वर्ष भन्दा यो वर्षको समीक्षा अवधिमा ५.४० प्रतिशतले पर्यटक बढेका हुन् ।
सन् २०१९ को नोभेम्बर महिनामा भने १ लाख ३० हजार ३०२ जना पर्यटन नेपाल भित्रिएका थिए । यसरी हेर्दा सन् २०१९ को तुलनामा २०२४ को नोभेम्बरमा ८७.८७ प्रतिशतमात्रै पर्यटन भित्रिएको देखिन्छ ।
बोर्डका अनुसार समीक्षा अवधिमा १ लाख २६ हजार ४ सय ५७ जना पर्यटकहरु बाहिरिएका छन् ।