+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमेन्टको मूल्यवृद्धि अबिलम्ब खारेज नभए ‘कन्स्ट्रक्शन होलिडे’ गर्ने निर्माण व्यवसायी चेतावनी

जनवाच
४ महिना अगाडी

काठमाडौं । सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेन्टको मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेन्टमा प्रति बोरा १ सयभन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ ।

‘निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेन्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको भनाइ छ । ‘विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको विदितै छ’ महासंघको विज्ञप्तिमा अगाडि भनेको छ ।

निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी निर्माण व्यवसायी सहित आम उपभोक्तालाई राहत दिन महासंघले नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ । मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ