+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषले सुविधा थप्यो, अब परिवारको अन्य सदस्यले पनि उपचार सुविधा पाउने

जनवाच
४ महिना अगाडी

काठमाडौं। सामाजिक सुरक्षा कोषले थप सुविधा विस्तार गरेको छ । कोषबाट अहिलेसम्म श्रीमान वा श्रीमतीले मात्रै स्वास्थ्य उपचार सुविधा पाउने गरेकोमा अब छोराछोरीलाई पनि उक्त सुविधा दिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं सामाजिक सुरक्षा दिवसको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन् ।
‘सामाजिक सुरक्षाका कार्यक्रमको दायरा विस्तार गर्दै लानुपर्नेछ । अहिलेसम्म श्रीमान वा श्रीमतीले मात्रै पाउदै आएको स्वास्थ्य सुविधा अब छोराछोरीले पनि पाउने भएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै, कोषले घातक रोगको उपचारमा १० लाख रुपैयाँसम्मको अस्पताल खर्चमा सो खर्चको ५० प्रतिशतसम्म रकम व्यहोर्ने पनि भएको हो । अर्थात घातक रोगको उपचारमा ५ लाख रुपैयाँसम्मको सहयोग सामाजिक सुरक्षा कोषले गर्नेछ ।
यस्तै प्रधानमन्त्री ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागु हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ