+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलएलजी इन्स्योरेन्सले आजदेखि ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

जनवाच
४ महिना अगाडी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबारदेखि हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो ।

हकप्रद शेयर निष्कासन पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ ।
कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर खरिद गर्न पाउनेछन् ।

इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रीय कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।​

हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपियाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ