काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यो वर्ष ३०.०६ प्रतिशतले नाफा बढाएको हो ।
असोज मसान्तसम्म कम्पनीले ११ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १० अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा यो ९.५४ प्रतिशतले बढी हो ।
कम्पनीले पहिलो त्रैमाससम्म खुद बीमाशुल्क आर्जन ९.१४ प्रतिशतले बढाएको छ । गत आवमा १० अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ छ भने रिटेण्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपैयाँ रहेको छ । गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रुपेयाँ रहेको कम्पनीको जीवन बीमा कोष यस अवधिमा १९.५४ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.०१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।