काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ११.२२ प्रतिशतले बढेको छ । आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले खुद १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपै नाफा कमाएको थियो ।
त्यस्तै, गत वर्ष १ अर्ब ३६ करोड रहेको कम्पनीको कुल आम्दानी बढेकोमा यस अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । चालू आवको असोज मसान्तसम्म कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा १ अर्ब १० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आवमा ७ अर्ब ५ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.६० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५०.६६ रुपैयाँ रहेको छ।