काठमाडौं। नेपाल आयाल निगमले तिहारको सार्वजनिक बिदाका दिनमा देशभरका डिपोहरु आलोपालो खुल्ने भएको छ । तिहारको पाँच बिदामा निगमको एक डिपो एकदेखि तीन दिन खुल्ने गरी व्यवस्था गरिएको हो ।
यस व्यवस्था बमोजिम बाग्मती प्रादेशिक कार्यालय थानकोट डिपो बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।
