+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

दोहामा आकस्मिक भेट: प्रधानमन्त्री ओली र तान्जानियाली उपराष्ट्रपतिबीच सम्बन्ध विस्तारको कुराकानी

जनवाच
१३ घण्टा अगाडी

दोहा, १५ असार –कतारको दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक विशेष क्षण बन्यो, जब प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गो बीच संक्षिप्त भेटवार्ता भयो।

संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त” विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जाने क्रममा ट्रान्जिटमा रहँदा यो संवाद अवसर जुटेको हो।

दुवै नेताबीच भएको कुराकानीमा नेपाल–तान्जानिया सम्बन्धका विविध आयाम, विकासका साझा चुनौती, द्विपक्षीय सहयोगका सम्भावनाहरू लगायत विषयमा संक्षिप्त तर सारगर्भित छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री ओलीसँग उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल पनि सहभागी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ