+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

धनगढीमा सार्वजनिक भयो हुन्डाईको नया क्रेटा ईभी, स्थानीयस्तरमै सेवा सुनिश्चित

नया क्रेटा ईभीको आगमन सगै विद्युतीय सवारीसाधनको क्षेत्रमा हुन्डाईले बलियो उपस्थिति जनाइसकेको छ। उपभोक्ताको शंका हटाउने स्पस्ट सन्देश, सेवा सुनिश्चितता र चार्जिङ पूर्वाधार विस्तारमार्फत कम्पनीले विद्युतीय मोबिलिटीलाई नेपाली बजारमा अझ व्यवहारिक बनाउदै लगेको छ ।

जनवाच
७ घण्टा अगाडी

१२ असार, काठमाडौं – नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढीमा ‘नया क्रेटा ईभी’ सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा स्थानीय ग्राहकको उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। कम्पनीको दाबी अनुसार, नेपालभर फैलिएको बिस्तारित सर्भिस नेटवर्क, गुणस्तरीय सेवा र भरपर्दो गाडी उपलब्ध गराउँदै आएको कारण हुन्डाई ब्रान्ड उपभोक्ताको विश्वास जित्न सफल भएको छ।

ईभी खरिदमा हुने अन्योलता, जस्तै स्पेयर पार्ट्सको उपलब्धता, दीर्घकालीन सेवा र मूल्य–सम्बन्धी शंका हटाउन क्रेटा ईभीले उल्लेखनीय भूमिका खेल्ने कम्पनीको विश्वास छ।
हुन्डाईले नेपालमै क्रेटा पेट्रोल मोडलको निर्माण थालिसकेको जानकारी दिदै, क्रेटा ईभी र पेट्रोल दुबै मोडल एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा र पार्ट्स व्यवस्थापनमा कुनै चुनौती नआउने स्पष्ट पारेको छ।

ईभी अपनाउने यात्रालाई सहज बनाउन लक्ष्मी हुन्डाईले ‘आर ई–लक्स’ ब्राण्डअन्तर्गत चार्जिङ स्टेसन विस्तार गर्दै आइरहेको छ।
हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जरहरू सञ्चालनमा आइसकेको कम्पनीको भनाइ छ।

ग्राहकलाई अझ नजिकबाट बुझ्न तथा पेट्रोल र ईभी दुवै मोडलका लागि आफूसँग सबल सपोर्ट सञ्जाल उपलब्ध रहेको सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरहरूमा डिलरसँग प्रत्यक्ष सम्वाद गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ