+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सत्ता गठबन्धनभित्र एकता बलियो, विपक्षीको फाटो गराउनी प्रयासः प्रधानमन्त्री ओली

पार्टीभित्र झ्याम्टा बजाएर मात्रै लोकतन्त्र हुन्न, ओलीले भने, मतभेद आए पनि सहमतिमा पुग्ने र नपुगे मित्रवत् प्रतिस्पर्धामा जाने संस्कार विकास गर्नु आवश्यक छ।

जनवाच
११ घण्टा अगाडी

२५ जेठ, काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारभित्रको सत्ता गठबन्धनमा कुनै फाटो नरहेको प्रस्ट पार्दै विपक्षी दलहरूले मनोवैज्ञानिक भ्रम सिर्जना गरेर राजनीतिक लाभ लिने प्रयास गरिरहेको आरोप लगाएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेसबीच स्पष्ट समझदारी भएको बताए। १३ महिनापछि काँग्रेसले सरकारको नेतृत्व लिनेछ, र एमाले साथ रहनेछ, उनले दोहोर्‍याए, “हामी एउटै सरकारमा सँगै छौं तर प्रतिस्पर्धी पनि हौं। त्यसैले हामी हाम्रो ‘मिशन २०८४’ अन्तर्गत एकल बहुमत ल्याउने तयारीमा छौं।

ओलीको भनाइमा, सत्ता गठबन्धनभित्रको सहकार्यलाई कमजोर पार्न प्रतिपक्ष दलहरू निरन्तर प्रपञ्च र हल्ला फैलाउने प्रयासमा छन्। तर, यस्ता प्रयासले गठबन्धनको उद्देश्यमा असर नपार्ने उनको दाबी छ।

ओलीले अनेरास्ववियुलाई स्मरण गराए—२०३६ सालको जनमत सङ्ग्रहदेखि गणतन्त्र स्थापनासम्मको लामो आन्दोलनमा यही संगठनको नेतृत्वदायी भूमिका रहेको छ। तर, वर्तमानमा विद्यार्थी राजनीति सभ्य र उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए।

“कार्ड देखाएर धम्क्याउने शैली ठीक होइन, उनले चेतावनी दिए, “अनेरास्ववियु परिवर्तनकारी शक्ति हो, यसको पहिचान मित्रवत् व्यवहार र जिम्मेवार कार्यशैलीबाट हुनुपर्छ।

प्रधानमन्त्री ओलीले एमालेभित्र नेतृत्व चयन र आन्तरिक छलफलको प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै एकता, फेरि एकता, अनि सुदृढ एकता को नारा अघि सारे। उनले पार्टीभित्र असहमति हुनु लोकतन्त्रकै भाग हो भन्दै आपसी सम्मानका साथ समाधान खोजिनुपर्नेमा बल दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ