काठमाडौं – चन्द्रमा तुला राशिमा र सूर्य वृष राशिमा रहेका कारण जिम्मेवारी र सौन्दर्यसँग जोडिएका विषयहरू प्रवल हुने दिन हो। आज बिहान ५ः०८ मा सूर्य उदाएको छ भने साँझ ६ः५७ मा अस्ताउनेछ। शुभ कार्यका लागि बिहान ६ः१३ देखि ८ः३७ सम्मको समय अत्यन्तै फलदायी मानिएको छ।साथै, आज कुनै महत्वपूर्ण कार्य गर्दा दही खाएर निस्कनु लाभदायक हुने बताइएको छ। मेष सरकारी वा सामाजिक क्षेत्रमा लाग्न चाहनेका लागि उपयुक्त समय हो। आज हाकिम वा सिनियरहरूको साथ पाइन्छ, जसले तपाईको योजना अघि बढाउँछ। परिवारबाट पनि सुखद खबर आउनसक्छ। वृष सहकर्मी र सीनियरहरूसँग सम्बन्ध सुदृढ हुने समय हो। आत्मप्रस्तुती राम्रो हुने भएकाले सार्वजनिक कार्यक्रममा भाग लिँदा लाभ हुनेछ। आन्तरिक उर्जा उच्च रहनेछ। मिथुन पढाइ, काम र सम्बन्ध तीनै क्षेत्रमा दबाब महशुस हुन सक्छ। गहिरो सोच र आत्ममूल्याङ्कनले मात्र बाटो देखाउँछ। ध्यान र योगमा समय लगाउनु उत्तम हुनेछ। कर्कट पार्टनरसँग सम्बन्ध प्रगाढ हुने तर पेशागत काममा प्रभाव पर्न सक्ने दिन। घरायसी खर्च बढ्न सक्छ। नयाँ सामान किन्ने योजना छ भने आज उपयुक्त समय हो। सिंह मनमा उच्च लक्ष्य भए पनि व्यवहारमा संयम आवश्यक हुनेछ। घरको वातावरणमा संवेदनशीलता आवश्यक छ। आत्मविश्वासले चुनौती जित्न सकिन्छ। कन्या लेख, चित्रकला वा संगीततर्फको रुचिका लागि उपयुक्त दिन हो। प्रतियोगिता वा परीक्षा तयारीमा मन लाग्नेछ। गोप्य योजनामा काम गर्दै अघि बढ्न सफल हुनुहुनेछ। तुला आजको दिनमा अरुको भरमा काम नगर्नु राम्रो हुन्छ। व्यापारमा ठूला डिलभन्दा साना र निश्चित काममा ध्यान दिनु हितकर हुनेछ। घरपरिवारमा पनि व्यस्तता रहनेछ। वृश्चिक धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुँदा व्यक्तित्व निखारिन्छ। कूटनीति प्रयोग गरी अप्ठेरा समस्या सुल्झाउन सकिने दिन हो। धनु आज तपाईले चाहेको कुरा मिल्न सक्छ, वा कोही विशेष व्यक्ति तपाईप्रति आकर्षित हुन सक्छ। सम्मान र पुरस्कार प्राप्तिको सम्भावना पनि उत्तिकै बलियो छ। मकर व्यावसायिक क्षेत्रमा नयाँ बाटो खोज्ने समय आएको छ। परिवारले साथ दिनेछ, तर अनावश्यक जिद र हठ समस्याको कारण बन्न सक्छ। कुम्भ लगानी गर्नुअघि अध्ययन आवश्यक छ। रिस, हतार र हठले आजको दिनमा उल्टो असर पुर्याउन सक्छ। आत्मविवेक र वरिष्ठको सल्लाहमा निर्णय लिनु उचित हुनेछ। मीन यात्रा वा कार्यस्थलमा पदोन्नति जस्ता अवसर मिल्न सक्छन्। खर्च अचानक बढ्न सक्छ, त्यसैले योजना बिना पैसा नफाल्नुहोला। सहनशीलता र समझदारीले फाइदा हुनेछ।