+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गृहमन्त्री बोल्दै गर्दा संसदमा रास्वपाको नाराबाजी, राजीनामा र छानबिनको माग दोहोर्‍याइयो

जनवाच
२१ घण्टा अगाडी

३० जेठ, काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक पुनः अवरुद्ध भएको छ। गृह मन्त्रालयसग जोडिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले धारणा राख्न सुरु गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू रोष्ट्रममै पुगेर उभिएर नाराबाजी गर्न थालेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमतिपछि संसद सञ्चालनमा आएको केही समयमै रास्वपा र राप्रपाले सामूहिक असहमति जनाउँदै बैठकमा अवरोध गरेका हुन्।

गृहमन्त्री लेखकले बोलिरहेका बेला विपक्षी सांसदहरूले “गृहमन्त्रीको राजीनामा गर” र “छानबिन समिति बनाऊ” भन्ने नारासहित टेबल ठोक्दै विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोलेको समयमा समेत नाराबाजी रोक्न पटक–पटक आग्रह गरे पनि रास्वपा र राप्रपाका सांसदहरू आफ्नै अडानमा अडिग देखिए।

गृहमन्त्री लेखकमाथि मुख्यतः भिजिट भिसा वितरणमा देखिएको अनियमितता र गैरकानुनी चलखेलबारे गम्भीर प्रश्न उठाउदै विपक्षी सांसदहरूले नैतिक जिम्मेवारी लिनु पर्ने माग गरिरहेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पनि दोहोर्‍याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ