+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गृहमन्त्री लेखकको आरोप: नक्कली पीडित खडा गरेर मलाई फसाउने षड्यन्त्र भइरहेको छ

जनवाच
२१ घण्टा अगाडी

३० जेठ काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएका छन्। प्रतिपक्षी दलहरूको विरोधका बीच संसद्‍मा उभिएका मन्त्री लेखकले केही राजनीतिक दलका कार्यालयहरूमा नक्कली पीडित बोलाएर झुठा उजुरी तयार पार्ने प्रयास भईरहेको खुलासा गरेका हुन्।

गृहमन्त्री लेखकले कुनै पार्टी विशेषको नाम नलिए पनि संकेत गर्दै भने, केही पार्टी कार्यालयहरू पीडित उत्पादन गर्ने कारखाना बन्दैछन्। नक्कली, तथाकथित पीडितहरू बोलाएर मेरा विरुद्ध उजुरी दर्ता गराउने प्रयत्न भइरहेको छ।

उनका अनुसार यस्ता उजुरीहरू कुन कार्यालयमा कसरी लेखिएको हो भन्ने सबै प्रमाण आफूले संकलन गरिसकेको छ। उनले यस्ता कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अगाडि बढाइने चेतावनी पनि दिए।

भिजिट भिसा प्रकरणमा आफूविरुद्ध न त कुनै प्रमाण, न त उजुरी नै भएको अवस्थामा राजीनामा माग्नु राजनीतिक प्रतिशोध मात्र भएको गृहमन्त्री लेखकको तर्क छ।

कुनै आधिकारिक जाहेरीबिना मलाई जिम्मेवारीबाट हटाउने माग गर्नु निष्पक्ष र लोकतान्त्रिक चरित्रविपरीत हो, उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरू संसदमा रोष्ट्रम पुगेर गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरिरहेका बेला लेखकले प्रतिआरोप गर्दै भने, कृपया कीर्ते गरेर राजनीति नगर्नुहोस्। यो अपमानजनक छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ