+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बजेटको खाका बनाउँदै सरकार : अर्थमन्त्री पौडेलले प्रचण्डसँग मागे सुझाव

अबको बजेटले आर्थिक मन्दीको चपेटामा परेको बजारलाई कसरी सम्बोधन गर्नेछ भन्ने चासो आमनागरिक र निजी क्षेत्र दुवैको छ। अर्थमन्त्रीको यस्तो दौडधूपले बजेटको राजनीतिक मञ्च सजाउँदैछ, तर के यसले जनअपेक्षालाई समेट्न सक्ला?

जनवाच
६ घण्टा अगाडी

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी तीव्र बनाउँदै गइरहेका अर्थमन्त्री विष्णु पौडेलले बजेटको अवधारणाबारे सत्तारूढ दलका प्रमुख नेताहरूसँग परामर्शक्रम अघि बढाएका छन्। यही क्रममा आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गरेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट तयारीको सन्दर्भमा राजनीतिक सहमति र समन्वय आवश्यक भएको महसुस गर्दै अर्थमन्त्री पौडेल विभिन्न नेताहरूसँग छलफलमा जुटेका छन्। प्रचण्डसँगको छलफलमा आर्थिक प्राथमिकता, सामाजिक सुरक्षा, कृषि तथा उत्पादनमुखी नीति, संघीयता सुदृढीकरणलगायतका विषयमा विचार आदानप्रदान भएको स्रोतको भनाइ छ।

सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ। त्यसअघि बजेटको राजनीतिक र नीतिगत संरचना स्पष्ट पार्न सरकार आन्तरिक संवादमा जुटेको देखिएको छ।

यसअघि अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बजेटबारे भेटवार्ता गरिसकेका छन्। बजेट सर्वदलीय सहकार्यको ढाँचामा ल्याउने संकेत यी भेटघाटले देखाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ