+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

माओवादी नेताहरूको चोङकिङ भ्रमण

जनवाच
१ हप्ता अगाडी

२८ चैत, काठमाडौं – नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई गहिरो बनाउने प्रयासस्वरूप नेकपा माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा छन्। चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक निमन्त्रणामा गएको २० सदस्यीय उच्चस्तरीय टोली बुधबार चीनको चोङकिङ सहर पुगेको हो।

टोलीको नेतृत्व पार्टीका सचिव तथा पूर्वमन्त्री दिनानाथ शर्माले गरेका छन्। भ्रमण टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङ ग्रामथानगाउँपालिका अध्यक्ष नमो नारायण माझी, बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल क्रान्तिकारीकी नेतृ आशा उपरकोटी, र जनप्रशासन क्याम्पस स्ववियु सभापति अनिकेत तिवारी लगायतको सहभागिता रहेको छ।

चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियान लियाङ्गले विमानस्थलमा टोलीलाई औपचारिक स्वागत गरे। भ्रमणको पहिलो दिनमै माओवादी नेताहरूले चोङकिङ अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको अवलोकन गरेका छन्।

चोङकिङ, चीनको चार केन्द्रीय प्रशासकीय सहरहरूमध्ये एक हो, जुन बेल्ट एण्ड रोड इनिसियटिभ (BRI) र याङ्जे रिभर इकोनोमिक बेल्टको रणनीतिक केन्द्रको रूपमा विकास भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ