+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षक आन्दोलन वार्तामाजान तयार: शिक्षा ऐनको मागसहित महासंघ सरकारसँग छलफलमा जाने

यसअघि शिक्षकहरूले कालो मास्क लगाएर, दिउँसो बत्ती बालेर, सिटी फुकेर, शान्तिपूर्ण तर प्रभावशाली ढंगले आफ्नो आवाज बुलन्द गरिरहेका छन्।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २७ – शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनमा रहेका नेपाल शिक्षक महासंघले सरकारले प्रस्ताव गरेको वार्तामा सहभागी हुने निर्णय गरेको छ। महासंघ भोलि (बिहीबार) सरकारसँग वार्ताको टेबलमा बस्ने तयारीमा रहेको छ।

महासंघका एक पदाधिकारीका अनुसार वार्तामा सहभागी हुने प्रतिनिधिमण्डलको टुंगो लगाउने र रणनीति तय गर्न आन्तरिक बैठक चलिरहेको छ। “शिक्षा सचिवको तर्फबाट पुनः पत्र आएको छ, त्यसैको आधारमा हामी वार्ताको तयारी गरिरहेका छौं,” ती पदाधिकारीले जानकारी दिए।

आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार महासंघ वार्ताको तयारीमा गम्भीर छलफलमा जुटिरहेको छ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने इच्छा व्यक्त गरिसकेको छ। “भोलि उहाँहरू वार्तामा आउनुहुनेछ भन्ने जानकारी पाएका छौं,” मन्त्रालयका एक अधिकारीले बताए।

२० चैतदेखि काठमाडौंमा विभिन्न शैलीमा विरोध प्रदर्शन गर्दै आएको महासंघले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध जनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ