काठमाडौं – ऊर्जाको क्षेत्रमा लगानी गर्ने सोच बनाइरहेका नेपालीहरूमाझ सान्भी इनर्जी लिमिटेडले आफ्नो पहिलो चरणको आईपीओ सार्वजनिक गर्दै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता दिने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेअनुसार कम्पनीले ३७ लाख ९० हजार कित्ता साधारण शेयरमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावितहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक श्रमिक नेपालीहरूका लागि छुट्याएर निष्कासन गर्न लागेको हो। इलाम नगरपालिका–१० माईजोगमाई गाउँपालिका–१, ३, ४ सूर्योदय नगरपालिका–१० र ११ का बासिन्दा शेयरको मूल्य : प्रति कित्ता १०० रुपैयाँ न्यूनतम आवेदन : १० कित्ता अधिकतम आवेदन : २० हजार कित्ता आवेदन म्याद : वैशाख ५ देखि वैशाख १९ सम्म, पूर्ण आवेदन नभए जेठ ३ सम्म लम्बिन सक्ने यो पहिलो चरणको निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिने सान्भी इनर्जीले जनाएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय भागीदारी सुनिश्चित गर्दै सान्भी इनर्जीले आयोजना प्रभावितहरूलाई लगानीमा सहभागी गराउने नीति लिएको छ।