+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बर्खाअघि काम सक्न दबाव: दाउन्ने सडक चार घण्टा दैनिक बन्द हुने , यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जनवाच
१ हप्ता अगाडी

चितवन, २७ चैत – पूर्वी नवलपरासीस्थित नारायणगढ–बुटवल खण्डको दाउन्ने सडक मर्मत तथा विस्तारका लागि केही दिनदेखि दैनिक रूपमा चार घण्टा सडक बन्द हुने भएको छ। बर्खा सुरु हुनुअघि निर्माण कार्य तीव्र पार्ने लक्ष्यसहित चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने निर्णय गरिएको हो।

त्यसपछि वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिनेछ। एम्बुलेन्स, दमकल, प्रहरीजस्ता अत्यावश्यक सवारी साधनहरू भने संचालनमा रहनेछन्।

दाउन्ने खण्डमा अहिले पहाड काट्ने, पर्खाल लगाउने, कल्भर्ट निर्माण लगायतका जोखिमपूर्ण कार्यहरू भैरहेका छन्। साँघुरो सडक, निरन्तर निर्माण कार्य र सवारीको चापले दैनिक जसो यात्रुहरूले ५–६ घण्टा जाममा फस्नु परेको स्थिति देखिएको छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार ठेकेदार र आयोजनाका प्रतिनिधिहरूले सवारी चापका कारण काम अवरुद्ध भइरहेको गुनासो गरेपछि पश्चिम नवलपरासीका प्रजिअहरूसँग बैठक बसेर यस्तो निर्णय लिइएको हो।

“यात्रुलाई दैनिक सास्ती, ठेकेदारलाई काम गर्न नसकिने अवस्था थियो,” प्रमुख पाण्डेले भने, “त्यसैले केही समय सवारी बन्द गरेर कामलाई तीव्रता दिने र बर्खा लाग्नु अघि राजमार्गलाई सहज बनाउने रणनीति अपनाइएको हो।”

ठेकेदार कम्पनीले रातिको समयमा आवश्यक प्रकाश व्यवस्थापन गरी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। प्रशासनले यात्रुहरूलाई बन्द समय अवधिमा यात्रा नगर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ