+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

थन्किएको पात्र होइन, भविष्यको एजेन्डामा केन्द्रित होऊँ’ पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित टिप्पणी,: गगन थापा

जनवाच
२ हप्ता अगाडी

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विगतका थन्किएका पात्र र प्रणालीमा समय खर्चिनु राष्ट्रको लागि अनुत्पादक हुने बताउँदै अबको बहस भविष्य निर्माणमा केन्द्रित हुनु पर्ने धारणा राखेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ मा बोल्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित संकेत गर्दै, अबको दशक ‘थोत्रा र गइसकेका’ विषयमा होइन, प्रविधि र विकास केन्द्रित बहसमा लाग्नुपर्ने उल्लेख गरे।

थापाले भने,“२०८०–०९० को दशक यो देशमा थन्काइसकेको, नचाहिने, गइसकेको कुरा उठाएर समय खेर फाल्ने दशक होइन। हामीले अब बहस गर्नुपर्ने विषय आइटीको संरचना कसरी बलियो बनाउने? दक्ष जनशक्ति पाँच गुणा कसरी बढाउने? तलब तीन गुणा कसरी वृद्धि गर्ने? भन्ने हुनुपर्छ।”

उनले देशको मुख्य प्राथमिकता डिजिटल अर्थतन्त्र, प्रविधिमा लगानी र युवा क्षमताको उपयोगमा हुनु पर्नेमा जोड दिए।

महामन्त्री थापाले विगतप्रतिको विमति मात्र होइन, स्पष्ट कार्यदिशा पनि प्रस्तुत गर्दै भने,“हिजोका पात्रको चर्चा गरेर अबको पुस्ताको समय खेर फाल्नु हुँदैन। आगामी १० वर्ष हाम्रो आर्थिक र प्राविधिक उडानको आधार बन्नुपर्छ।”

उनको भनाइमा, राजनीतिक ऊर्जा अब प्रविधिमा क्रान्ति ल्याउने दिशामा प्रयोग गर्नुपर्ने आवश्यकता छ। उनले पूर्वराजसंस्थालाई प्रत्यक्ष नाम नलिइकन ‘थन्किएको, फालिसकेको र पुनः प्रयोग योग्य नभएको’ शब्दमा समेट्दै त्यसतर्फ केन्द्रित बहसलाई अर्थहीन भने।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ