बैंकक – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैंककमा भेटवार्ता भएको छ। बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि उनीहरूबीच द्विपक्षीय विषयमा कुराकानी भएको हो।
भेटवार्तामा आपसी सहकार्य, क्षेत्रीय समृद्धि तथा आर्थिक साझेदारीका विषयमा छलफल भएको बताइएको छ। बिम्स्टेक सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई अझ सशक्त बनाउन दुवै नेताहरूले प्रतिबद्धता जनाएका छन्।
