+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – लेखक सुमति वज्राचार्यद्वारा लिखित ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित पुनः प्रकाशित भएको छ। काठमाडौं उपत्यकाका प्राचीन स्तूप र चैत्यहरूको ऐतिहासिक तथा सांस्कृतिक अध्ययन गर्ने यस पुस्तकको दोस्रो संस्करणले नयाँ अनुसन्धान, परिमार्जित सामग्री र तस्बिरहरू समावेश गरेको छ।

१७ वर्षअघि पहिलो पटक प्रकाशित पुस्तकलाई पुनः प्रकाशन गर्नुको उद्देश्य यसभित्रका जानकारीलाई थप अद्यावधिक गर्नु रहेको प्रकाशक मुगुम पब्लिकेसन प्रा.लि.ले जनाएको छ। पुस्तकको पुनः प्रकाशनले पुरातात्विक अध्ययन, बौद्ध सम्पदाको संरक्षण तथा संस्कृतिसँग सम्बन्धित अनुसन्धानकर्ताहरू र पाठकहरूलाई थप सघाउ पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ