+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

नेपालको पूर्व प्राथमिक शिक्षामा नयाँ संरचनाको तयारी, बालमैत्री पाठ्यक्रम विकास कार्यशाला सम्पन्न

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ, चैत २२ – नेपालका निजी विद्यालयहरूमा पढाइको गुणस्तर सुधार गर्दै पूर्व प्राथमिक शिक्षा प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउन ‘पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला’ सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (CPEC) को सहकार्यमा सम्पन्न उक्त कार्यशालाले नयाँ पाठ्यक्रमको आधारशिला तयार गरेको छ।

चैत २० देखि २२ गतेसम्म चलेको यो कार्यशालामा शिक्षा विज्ञहरू, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरू, र विश्वविद्यालयका प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यशालामा बालबालिकाको समग्र मानसिक, सामाजिक र सृजनात्मक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ शिक्षण पद्धति, पाठ्यक्रम संरचना र नवीनतम शैक्षिक सिद्धान्तहरूबारे गहन छलफल गरिएको थियो।

नेपालको बाल विकास तथा शिक्षा (ECD) पाठ्यक्रमलाई पुनरावलोकन गर्दै २-३, ३-४, ४-५, ५-६, ६-७, र ७-८ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष पाठ्यक्रम निर्माण गर्ने विषयमा छलफल भएको छ। नयाँ पाठ्यक्रमलाई अझ प्रभावकारी बनाउन बालमैत्री शिक्षण विधि, नवप्रवर्तनशील पाठ्यक्रम सामग्री, र व्यावहारिक सिकाइ प्रणाली समावेश गरिने बताइएको छ।

यस कार्यशालाले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ (TOT) संचालन गर्ने प्रस्ताव पनि अघि सारेको छ। यसअन्तर्गत, योग्य प्रशिक्षकहरू तयार गरेर देशभरका विद्यालयहरूमा नयाँ पाठ्यक्रमको कार्यान्वयन सुनिश्चित गरिनेछ। साथै, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ।

कार्यशालाको समापनमा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही र नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाले नयाँ पाठ्यक्रम सुधार पहलले नेपालको पूर्व प्राथमिक शिक्षालाई विश्वस्तरीय बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ