+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

ओसामाको शव बोक्ने युद्धपोत अब इरान नाकामुनि: अमेरिकाको शक्तिको प्रदर्शन वा कूटनीतिक दबाब?

यो केवल सैन्य तैनाथी होइन—यो मनोवैज्ञानिक प्रभावको रणनीति हो। ओसामाको अन्त्यसँग जोडिएको युद्धपोतको इरानको छेउमा पुग्नु केवल शक्तिको प्रदर्शन मात्र नभई इतिहासबाट सन्देश दिने अमेरिकी शैली हो।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २२ – मध्यपूर्व फेरि एक पटक तनावको घेरामा छ। तर यसपटक युद्धको सम्भावित रेखाचित्र केवल बम र गोलीमा सीमित छैन—अमेरिकाले आफ्नो शक्तिको मनोवैज्ञानिक प्रयोग गर्दै इरानमाथि अदृश्य दबाब सिर्जना गरिरहेको छ।

अमेरिकाले जुन युद्धपोतमार्फत ओसामा बिन लादेनको शव समुन्द्रमा फ्याँकेको थियो—USS Carl Vinson, अब सोही युद्धपोत इरानको छेवैमा, फारसको खाडीमा पठाउने तयारीमा छ। यो कुनै संयोग मात्र होइन, एक योजनाबद्ध सन्देश हो: “हामी पुराना हिसाब चुकाउने तरिकामा उस्तै छौं।”

ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न समयसीमा बाँकी राख्दैछ, तर साथसाथै युद्धको विकल्पलाई पनि खुला राखेको छ। सैनिक तैनाथीलाई हेर्दा स्पष्ट देखिन्छ—यो दवाबको खेल हो, जहाँ एकातिर वार्ता छ भने अर्कातिर ‘तपाईंको अघिल्लो दुश्मनको शव यहीबाट फ्याँकिएको थियो’ भन्ने संकेत।

ओसामा बिन लादेनजस्तो इतिहासकै सबैभन्दा चर्चित आतंकवादीको अन्तिम गन्तव्य बनिसकेको USS Carl Vinson अब इरानको सामु उभिन लागेको छ। यसको उपस्थिति मात्रले पनि इरानमा मनोवैज्ञानिक असर पार्नसक्ने विश्लेषकहरू बताउँछन्।

B-2 Stealth Bombers: अमेरिकाले हिन्द महासागरको डिएगो गार्सियामा यी शक्तिशाली बमवर्षकहरू तैनाथ गरिसकेको छ। भूमिगत आणविक साइटसमेत ध्वस्त पार्न सक्ने क्षमतायुक्त यी विमानहरू अब सिधा इरानतिर केन्द्रित छन्।

Strato Tanker विमानहरू: हावामै इन्धन भर्न सक्ने यी सपोर्ट विमानहरूले B-2 को लामो दूरीका मिसनलाई समर्थन गर्छन्।

इजरायलमाथिको हमासको आक्रमणपछि मध्यपूर्वमा चर्किएको अस्थिरताको फाइदा उठाउँदै ट्रम्प प्रशासनले अब इरानमाथि बलको कूटनीति प्रयोग गरिरहेको देखिन्छ। फ्रान्सजस्ता मुलुकहरूले समेत यदी आणविक सम्झौता भएन भने युद्ध “लगभग निश्चित” भन्दै स्पष्ट सन्देश दिइसकेका छन्।

अमेरिकाको सैन्य प्रदर्शनप्रति इरान चुप छैन। एक उच्च इरानी जनरलले अमेरिकालाई ‘सिसाको घरमा बसेर ढुङ्गा नहान’ भन्ने चेतावनी दिएका छन्। इरानले पनि स्पष्ट संकेत गरेको छ—यदी हमला भयो भने त्यसको प्रतिउत्तर कडा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ